शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

रौतहटमा वडाध्यक्षमा कोरोना देखिएपछि स्थानीय त्रसित

दैनिक नेपाल २०७७ साउन ११ गते १५:०१

काठमाडौँ, ११ साउन । रौतहटको राजदेवी नगरपालिकाका एक वडाध्यक्षमा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै गाउँ त्रसित बनेको छ ।

नगरपालिका ८ का वडाध्यक्षमा काठमाडौँ जानका लागि पीसीआर परीक्षण गराउँदा संक्रमण पुष्टि भएको हो ।

शनिबार उनकी श्रीमतीको करेन्ट लागेर मृत्यु भएको थियो । मलामीका रुपमा सयभन्दा बढी मानिसको उपस्थिति थियो । उनले श्रीमतीलाई करेन्ट लागे घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल गौरमा आफैँले लिएर गएका थिए । त्यसैले स्थानीय त्रसित भएका छन् ।

नगरपालिकाले वडाध्यक्षसँग सम्पर्कमा आएकाहरुलाई क्वारेन्टिनमा बस्न आग्रह गरिसकेको छ । त्यस्तै, वडाध्यक्षलाई उपचारका लागि काठमाडौँ पठाइने भएको छ । संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरिने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित