शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कांग्रेसद्वारा पूर्वमन्त्रीसहित ३ जनालाई कारवाही

दैनिक नेपाल २०७७ साउन १० गते २२:०८

काठमाडौँ, १० साउन । कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका ३ जना नेतालाई कारवाही गरेको छ ।

पार्टीले पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र पूर्व राज्यमन्त्री पुष्करनाथ ओझा र डडेलधुरा कांग्रेस जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई कारवाही गरेको हो ।

समितिको शनिबार बसेको बैठकले पूर्वमन्त्री जोशी र पूर्वराज्यमन्त्री ओझालाई संघीय निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध हराउन सक्रिय भएर लागेको निष्कर्श निकाल्दै पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ ।

त्यस्तै विष्टलाई तीन वर्षका लागि निष्कासन गरिएको अनुशासन समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित