शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

हुण्डी कारोबारमा संलग्न २० लाखसहित पक्राउ

दैनिक नेपाल २०७७ साउन १० गते २१:३२

सांकेतिक तस्वीर

काठमाडौँ, १० साउन । अवैध रुपमा हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौँबाट नगद १९ लाख ९१ हजार रुपैयाँसहित पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौँ महानगरपालिका २९ सामाखुसी बस्ने स्याङजा कालिगण्डकी गाउँपालिका ५ घर भएका ४० वर्षीय ढुण्डी राज न्यौपानेलाई नगदसहित शुक्रबार प्रहरीले पक्राउ गेको छ ।

काठमाडौँ उपत्यकाभित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उपत्यकाका विभिन्न स्थानहरुमा जाँच गर्ने क्रममा न्यौपानेलाई पक्राउ गरेको हो ।

काठमाडौँ विशाल बजारमा शंकास्पद रूपमा हिडिरहेको अवस्थामा ढुण्डीराजलाई फेला पारी तलासी लिने क्रममा निजको झोलामा हुण्डी कारोबारको लागि बोकेको उक्त नगद फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित