५ कार्तिक २०८३, बिहिबार

थप १०९ मा कोरोना, १०६ डिस्चार्ज, मृत्यु हुनेको संख्या ४५ पुग्यो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० साउन । नेपालमा थप १०९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमार्फत मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार ७५ जनामा गरिएको पीसीआर परीक्षणमा १०९ जनामा कोरोना देखिएको बताए ।

यससँगै नेपालमा कोरोना संक्रमित संख्या १८ हजार चार सय ८३ जना पुगेको छ ।

उनका अनुसार देशभरका क्वारेन्टिनमा १८ हजार एक सय ८३ जना छन् भने आइसोलेसनमा पाँच हजार तीन सय ८५ जना छन् ।

त्यस्तै, गत २४ घण्टामा थप १०६ जना निको भएर डिस्चार्ज भएका छन् । यससँगै निको हुनेको संख्या १३ हजार ५३ पुगेको छ ।

कोरोनाबाट नेपालमा अहिलेसम्म ४५ जनाको मृत्यु भइसकेको छ ।