५ कार्तिक २०८३, बिहिबार

रौतहटको नेपाल-भारत सीमामा झडप

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० साउन । रौतहटको नेपाल भारत सीमा क्षेत्र परोहा नगरपालिका ८ नरकटियामा झडप भएको छ ।

भारतीय पक्षले सीमा क्षेत्रको ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि हातपात गरेपछि भएको झडपमा एक सुरक्षाकर्मी घाइते भएका छन् ।

ति जवानलाई भारतको पूर्वी चम्पारण कवैया पञ्चायत खर्सलाहाका सीमा देवी कुशवाहाले हसिया प्रहार गरेकी थिइन् ।

कोरोनाभाइरस फैलन नदिन सीमा नाका बन्द भएको अवस्थामा भारतीय महिलाहरु घाँस काट्न नेपालतर्फ प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीका जवानहरुले रोकेका थिए ।

झडप हुँदा जम्मा भएको भीड नियन्त्रणका लागि प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो ।

घटनामा संलग्न एक जना भारतीय नागरिकलाई प्रक्राउ गरिएको जनाइएको छ ।