शनिबार, ३ असोज २०७७
DainikNepal.com
शनिबार, ३ असोज २०७७

वीरगञ्जमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी

दैनिक नेपाल २०७७ साउन १० गते १५:१६

काठमाडौँ, १० साउन । वीरगञ्जमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा शनिबार विहान ५ बजेदेखि अर्काे सूचना नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

वीरगञ्जमा केहीदिन यता कोरोनाभाइरस संक्रमितको संख्या बढेको र मृत्यु हुनेको संख्या समेत बढेकोले गम्भीर अवस्था सिर्जना भएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा गरेको छ ।

संक्रमण थप फैलन नदिन सर्वसाधारणलाई घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित