शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

पहिरोले होमस्टेमा क्षति

वि वि श्रेष्ठ २०७७ साउन ९ गते २०:१४

-वि वि श्रेष्ठ

केशवटार, ९ साउन । गएको असार २९ गते परेको अविरल वर्षाको कारण व्यास नगरपालिका वडा नं १४ को केशवटार सामुदायिक होमस्टेमा क्षति पुगेको छ ।

अत्याधिक वर्षाको कारण होमस्टेको घेरावार पुर्ण रुपमा भत्किएको र होमस्टे भवनमा समेत असर परेको केशवटार सामुदायिक होमस्टेका अध्यक्ष दुर्गा वहादुर आलेले बताए ।

केशवटारलाई पर्यटकिय दृष्टिकोण वाट चिनाउन र मौलिकताको प्रवर्धन गर्नका लागी होमस्टे निर्माण गरेर आन्तरिक तथा वाह्य पर्यटकलाई भित्राउदै आएको होम स्टेमा पहिरोले पारेको क्षति सँगै यसको महत्वमाथी नै प्रश्न चिन्ह खडा भएको अध्यक्ष आलेले वताए ।

विना निर्माण यसको प्रयोग गर्न नसकिने वताएका आलेले यसको मर्मतका लागी करिव ४ लाख लगानी लाग्ने वताए ।

प्रदेश सरकारवाट विगतको आर्थिक वर्ष मा दश लाख सहयोगमा निर्माण गरिएको होमस्टेले आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धनमा महत्वपुर्ण भुमिका खेलेको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए ।

होमस्टेको पुर्ननिर्माणका लागि वडाले सक्दो सहयोग गर्ने वताउनुभएको वडाध्यक्ष श्रेष्ठले सवै सम्वन्धित पक्ष मिलेर होमस्टेको पुर्ननिर्माणमा सहयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित