५ कार्तिक २०८३, बिहिबार

त्रिविको व्यवस्थापन संकायको स्थगित परीक्षा भदौ दोस्रो सातादेखि

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ साउन । लकडाउनका कारण स्थगित त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका परीक्षाहरु भदौ दोस्रो सातादेखि हुने भएको छ ।

शुक्रबार संकायले एक सूचना जारी गर्दै स्थगित भएका स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो सातादेखि सञ्चालन गर्ने जनाएको छ ।

त्यस्तै, स्नातक तहको पहिलो, तेस्रो, पाँचौँ र सातौँ सेमेस्टरका परीक्षाहरु पनि भदौ दोस्रो सातादेखि सञ्चालन गरिने संकायले जानकारी दिएको हो ।

परीक्षा तालिका https://fomecd.edu.np/ र https://tudoms.org मा पनि प्रकाशित हुने संकायले जनाएको छ ।