बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

विदेशबाट आउने सबैको कोरोना परीक्षण गरिन्छ : स्वास्थ्यमन्त्री ढकाल

दैनिक नेपाल २०७७ साउन ९ गते १९:२६

काठमाडौँ, ९ साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललले विदेशबाट आउने सबै नागरिकको कोरोना परीक्षण गरिने बताएका छन् ।

शुक्रबार मन्त्रालयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफल गर्दै मन्त्री ढकालले भारतबाट स्वदेश फर्किने नागरिकहरूको सीमा नाकामै स्वाब संकलन गरेर र विमानस्थल हुँदै नेपाल आउने नागरिकको होल्डिङ सेन्टरमा राखेर पाँचदिनपछि स्वाब संकलन गरेर कोरोना परीक्षणको काम भैरहेको जानकारी दिए ।

उनले सरकारले कोरोना रोकथाम र नियन्त्रणमा चालेका सबैजसो कमद विज्ञहरूको सल्लाह र सुझावमै भैरहेको बताए । उनले विज्ञहरूबाट समेत सकारात्मक सुझाव र हौसला पाइरहेको बताउँदै यतिखेर सरकारको काममा सबैले होस्टेमा हैँसे गर्नुपर्ने बताए ।

उनले लकडाउन खुलेको यस समयमा जनस्वास्थ्य मापदण्ड पालनाका लागि सबैले आआफ्नो ठाउँबाट योगादन गर्नुपर्ने बताउनुभयो । मन्त्री ढकालले स्वास्थ्यसँग सम्बन्धित सूचना र जानकारी सबैले पाउनेगरी व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिए ।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा जोस भ्यान्डेलरले नेपालमा कोरोना समूदायमा नफलिएको भन्दै खासठाउँमा देखिएको संक्रमणलाइ समूदायको भन्न नमिल्ने बताए ।

उनले अहिलेसम्म सरकारले कोरोना नियन्त्रणमा गरेको प्रयास ज्यादै नै सराहनीय रहेको बताए । विकसित देशको भन्दा राम्रोसँग कोरोनाको निन्यत्रण गर्न नेपाल सरकार सफल रहेको भन्दै जोखिम बढ्न नदिन अझै सतर्कता अपनाउनुपर्ने बताए ।

सो कार्यक्रमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाले विदेशबाट आएका सबैमा कोरोना परीक्षण गर्नुपर्नेमा जोड दिए ।

संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदीले स्वास्थ्यकर्मी र अस्पतालमा संक्रमण हुनबाट जोगाउनुपर्ने बताए ।

जनस्वास्थ्यविद डा सुजन मरहठ्ठाले कोरोनाको व्यपकता अझै फैलिने सम्भवना रहेको भन्दै यससँग सम्बन्धित थप अध्ययन र अनुसन्धानमा जोड दिए ।

नेपाल मेडिकल एसोसियनका अध्यक्ष डा लोचन कार्कीले हेल्थ वर्करहरूलाइ अहिले महामारीबाट जोगाउनका लागि विशेष ध्यान दिनुपर्ने बताए ।

भाइरोलोजिष्ट डा समिरमणि दिक्षितले कोरोना भाइरसको डर कम गर्न नमुनाहरूको परीक्षण बढाउनुपर्ने र जिन सिक्वेन्सिङ गरेर वास्तविक अवस्था पत्ता लगाउन केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले नेपाल स्वास्थ्य अनुसन्धान परिषदका लागि पर्याप्त नमुनाहरू दिएर सहोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित