शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

थप एक कोरोना संक्रमितको मृत्यु पुष्टि

दैनिक नेपाल २०७७ साउन ९ गते १६:४८

फाइल तस्वीर

काठमाडौँ, ९ साउन । नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान पर्साकी ८५ वर्षीया वृद्धाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मुटुरोग भएकी वृद्धको स्वास्थ्यमा अन्य समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन् ।

उपचार गर्दा कोरोना संक्रमणको लक्षण देखिएपछि गण्डकीस्थित अस्थायी कोभिड अस्पतालमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । यससँगै मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

शु्क्रबार गत २४ घण्टामा १ सय ३३ जना संक्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिए । यससँगै हालसम्म देशभर संक्रमितको संख्या १८ हजार ३ सय ७४ जना पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ सय ७ जना संक्रमित कोरोनामुक्त भएका छन् । यससँगै निको हुनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित