शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ उपत्यकामा थपिए १० कोरोना संक्रमित

दैनिक नेपाल २०७७ साउन ९ गते १७:००

काठमाडौँ, ९ साउन । काठमाडौँ उपत्यकामा थप १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप १० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

शु्क्रबार गत २४ घण्टामा १ सय ३३ जना संक्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिए । यससँगै हालसम्म देशभर संक्रमितको संख्या १८ हजार ३ सय ७४ जना पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ सय ७ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

यससँगै निको हुनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ भने ४४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित