शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

शुक्रबार थपिए १३३ संक्रमित, १०७ कोरोनामुक्त

दैनिक नेपाल २०७७ साउन ९ गते १६:३०

काठमाडौँ, ९ साउन । नेपालमा शुक्रबार थप १ सय ३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मलेनमार्फत गत २४ घण्टामा १ सय ३३ जना संक्रमित थपिएको जानकारी दिए । यससँगै हालसम्म देशभर संक्रमितको संख्या १८ हजार ३ सय ७४ जना पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ सय ७ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

यससँगै निको हुनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ भने ४४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित