शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सप्तरीमा एकै परिवारका ४ सहित ७ जनामा कोरोना पुष्टि

दैनिक नेपाल २०७७ साउन ९ गते १५:५२

काठमाडौँ, ९ साउन । सप्तरीमा एकै परिवारका ४ जनासहित ७ जना कोरोना संक्रमित थपिएका छन् ।

राजविराज ६ मा चियानास्ता पसल सञ्चालन गर्दै आएका एउटै परिवारका ३ जना पुरुष र एक महिला गरी ४ जनामा संक्रमण देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार राजविराज ६ कै अन्य २ महिला र एक वृद्धमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

गत साउन १ गते स्थानीय एक वृद्धको मृत्यु भएको थियो । तिनै वृद्ध व्यापारीकै छिमकी चियानास्ता पसल गर्ने परिवारका ४ जनामा कोरोना देखिएपछि स्थानीय त्रसित बनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित