५ कार्तिक २०८३, बिहिबार

दैलेखमा १६ जनामा कोरोना, समुदायमा संक्रमण फैलिएको आशंका

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख, ८ साउन । दैलेखमा समुदायका १६ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

ठाँटीकाँध गाउँपालिकामा समुदायका १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमण फैलन नदिन जिल्ला प्रशासन कार्यालय दैलेखले निषेधाज्ञा जारी गरेको छ ।

दैलेखका सबै स्थानीय तहमा समुदायमा कोरोना फैलिएको हो वा होइन भन्ने पत्ता लगाउन परीक्षण तीव्र पारिएको छ ।

वुधवार मात्रै ठाँटीकाँध गाउँपालिकाभित्रका ७३ जनाको परीक्षण गरिएकोमध्ये समुदायका १६ जनामा कोरोना संक्रमण देखिएको हो । बिहीबार १२ बजेदेखि गाउँपालिका प्रवेश निषेध गरिएको छ ।