बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

रिचार्जरमा ३५ रुपैयाँमा के एन ९५ मास्क, सार्वजनिक यातायातका साधनलार्ई विशेष प्याकेज

दैनिक नेपाल २०७७ साउन ८ गते १९:५२

काठमाडौँ, ८ साउन । सरकारले लकडाउन खुला बनाएपछि मोबाइल एप रिचार्जरले आम प्रयोगकर्तालाई कोरोना संक्रमणको जोखिमबाट बच्न विभिन्न प्रकारका स्वास्थ्य सामाग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराउने भएको छ ।

विशेषगरी रिचार्जरले सार्वजनिक यातायातमा हुने भिडभाडलाई ध्यानमा राखेर यात्रु तथा सवारी चालकका लागि सुपथ मूल्यमा स्वास्थ्य सुरक्षासामाग्रीहरु उपलब्ध गराउन लागेको ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए ।

रिचार्जरले विश्व स्वास्थ्य संगठनले सर्टिफाइ गरेको एन ९५ मास्क ३५ रुपैयाँमा उपलब्ध गराउनेछ । त्यसैगरी कोभिड प्रतिरोधात्मक भिटामिन सीयुक्त डबल सी ब्रान्डको जुस १०० रुपैयाँमा एउटा किन्दा एउटा सित्तैमा उपलब्ध गराउनेछ ।

साथै रिचार्जरले सार्वजनिक यातायातका साधनका लागि आवश्यक स्वास्थय सामाग्रीको कम्बो ५ हजार ५ सय रुपैयाँमा उपलब्ध गराउने ग्लाइडरले जानकारी दिए ।

रिचार्जरले कोरोना संक्रमण न्युनिकरणका लागि आवश्यक पर्ने मास्क, पञ्जा, थर्मल गन, स्यानिटाइजर, पर्शनल प्रोटेक्सन किट्स लगायतका सामान नाफा नोक्सान नहेरी सस्तो मूलयमा आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराउँदै आएको छ ।

रिचार्जरले घर, पसल, अफिस, बैंक तथा वित्तीय संस्था, होटललगायत सबै क्षेत्रका लागि कोभिड प्रोटेक्टिभ प्रोडक्टहरु सस्तो मूल्यमा उपलब्ध गराउँदै आइरहेको छ । यसका साथै बीमा, बिजुली, इन्टरनेट, टिभीलगायतका सेवाको महसुल भुक्तानी गर्दा पनि २० प्रतिशत क्यास प्वाइन्ट पाइन्छ ।

रचार्जरबाट सामान किनेर एनआईसी एशिया बैंकको क्यू आर कोड, डेविट कार्ड तथा क्रेडिट कार्डबाट रकम भुक्तान गर्दा १० प्रतिशत छुट पाइने व्यवस्था समेत गरिएको छ ।

गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि एकाउण्ट खोल्दा १ हजार क्यास प्वाइन्ट पाउछन् । यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि पाइने क्यास प्वाइन्टलाई छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित