५ कार्तिक २०८३, बिहिबार

जेसिजका राष्ट्रिय अध्यक्ष अशोक शंकरको राजीनामा माग

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ साउन । नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष अशोक शंकरको राजिनामा माग गरिएको छ ।

सिद्धार्थ जेसिजका निवर्तमान अध्यक्ष राकेश गुरुङले नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष अशोक शंकर तथा उनक सचिवालयको राजिनामा माग गरेका हुन् ।

अशोक शंकर र उनको सचिवालयको अवैधानिक निर्णयका कारण अहिले सिद्धार्थ जेसिजमा बिवाद उत्पन्न भएको छ । जेसीआई नेपालका अध्यक्ष अशोक शंकरको एकलौटी निर्णयका कारण सिद्धार्थ जेसिजमा बिवाद उत्पन्न भएको आरोप गुरुङको छ ।

गुरुङ नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष पनि हुन् । गुरुङका अनुसार केन्द्रले हस्तक्षेप गरेर शाखाको अध्यक्ष चयन गर्नु गलत हो ।

गुरुङले अन्तराष्ट्रिय जेसिजले २० जुलाइ २०२० मा नेपाल जेसिज अध्यक्ष(संचालक समिती वा सचिवालय अधिकार भन्ने प्राप्त पत्रमा कुनै पनि शाखामा अध्यक्ष मनोनित बाट नहुने, शाखाको साधारण सभा अधिवेशनमा शाखाकै सदस्यहरुबाट चयन हुने र नेपाल जेसिजले शाखा निर्वाचन सम्बन्धमा कुनै पनि किसिमको हस्तक्षेप नगर्ने सल्लाह मात्र दिन सक्ने भनेता पनि नेपाल जेसिजका अध्यक्ष शंकरले सिद्धार्थ जेसिजको अध्यक्ष मनोनित गर्नु गलत भएको बताए ।

यस्तै राष्ट्रिय उपाध्यक्ष राकेश गुरुङले नेपाल जेसिजले आर्थिक अनियमितता गरेको कुरा समेत बाहिर ल्याएका छन् । गुरुङका अनुसार नेपाल जेसिजले पिएमसिसि मार्फत डेढ करोड रुपैया आर्थिक अनियमितता गरेको कुरा बाहिर ल्याएका हुन् ।

गुरुङले नेपाल जेसिजले घर बहाल कर बापतको रकम २ करोड ४८ लाख नतिरेको दावी गरे । गुरुङले नेपाल जेसिज आफै अनियमित कार्य गर्दै आएकोमा शाखामा पनि बिवाद सिर्जना गरेर जेसिज जस्तो इतिहास बोकेको समाजिक संस्था बदनाम गराउन लागिपरेको दावी गरे ।