५ कार्तिक २०८३, बिहिबार

‘जनार्दन शर्मा पार्टी एकताको पक्षमै छन्’

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य जनार्दन शर्मा ’प्रभाकर’ पार्टी एकताको पक्षमै भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले बताएको छ ।

अध्यक्ष प्रचण्डसँग जोडेर केही मिडियामा आएका खबरप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै सचिवालयले नेता शर्मा पार्टी एकताकै पक्षमा भएको उल्लेख गरेको हो ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै यस्तो बताएका हुन् । ‘पार्टी एकतादेखि आजसम्मको काममा कमरेड प्रभाकरले अध्यक्ष कमरेड प्रचण्डलाई सहयोग गर्दै आउनुभएको विदिदै छ । अहिलेको पार्टी भित्रको आन्तरिक बहसमा पनि उहाँ पार्टी एकताका पक्षमा लाग्नुभएको हो’, विज्ञप्तिमा भनिएको छ, ‘कमरेड प्रभाकरमाथि अध्यक्ष कमरेड प्रचण्डसँग जोडेर गरिएका भ्रामक प्रचार खारेज गर्दछौँ ।’

विज्ञप्तिमा नेतामाथि लगाइएको आरोपको निन्दासमेत गरिएको छ ।