
काठमाडौँ, ८ साउन । नेपालमा बिहीबार थप १ सय ४७ जनामा कोरोना देखिएको छ भने १५६ जना डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार थपिएकासँगै संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ ।
त्यस्तै, प्रवक्ता गौतमका अनुसार गत २४ घण्टामा थप १ सय ५६ जनाले कोरोना जितेका छन् । यससँगै १२ हजार ८ सय ४० संक्रमित कोरोनामुक्त भएका छन् । त्यस्तै, ६ जिल्लाहरु पाँचथर, भोजपुर संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोनामुक्त भएका छन् ।















प्रतिक्रिया