५ कार्तिक २०८३, बिहिबार

थप १४७ जनामा कोरोना, १५६ डिस्चार्ज

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ साउन । बिहीबार थप १ सय ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ सय ४७ जनामा कोरोना देखिएको जानकारी दिए । यससँगै संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, प्रवक्ता गौतमका अनुसार गत २४ घण्टामा थप १ सय ५६ जनाले कोरोना जितेका छन् । यससँगै १२ हजार ८ सय ४० संक्रमित कोरोनामुक्त भएका छन् ।

सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको मन्त्रालयले जनाएको छ ।