शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कामना सेवाद्वारा यातायात व्यवसायीलाई साउनको ब्याजमा छुट

दैनिक नेपाल २०७७ साउन ८ गते ७:३१

काठमाडाैं, ८ साउन । कामना सेवा विकास बैक लिमिटेडबाट व्यावसायिक प्रयोजनको लागि हायर पर्चेज कर्जा सुविधा लिई व्यवसाय गर्दै आएका ग्राहकलाई विशेष राहत दिने उद्देश्यका साथ ब्याजमा भारि छुट दिने योजना ल्याएको छ ।

उक्त योजना अन्र्तरगत यस्ता कर्जा लिएका ग्राहक महानुभावहरुले २०७७ साल आषाढ मसान्तसम्मको चुक्ता भुक्तान गर्न बाँकी साँवा र ब्याज २०७७ साल श्रावण २० गते सम्म भुक्तानी गरेको खण्डमा श्रावण महिनाको ब्याज रकममा ५० प्रतिशतले छुट दिने योजना सार्वजनिक गरेको बैंकले जनाएकाे छ ।

आषाढ महिनासम्मको साँवा तथा ब्याज आषाढ महिनाभित्रै भुक्तानी गरेका ऋणीहरुले समेत यो योजनाबाट लाभ उठाउन सक्ने छन् ।

यो योजनाले यातायात व्यवसायि महानुभावहरुलाई अधिकतम लाभ पु¥याई व्यवसाय सञ्चालनमा थप सहजता पु¥याउने समेत बैकले विश्वास लिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित