५ कार्तिक २०८३, बिहिबार

कर्णालीमा प्राकृतिक विपदबाट २५ को मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

कर्णाली, ७ साउन । विभिन्न प्राकृतिक विपद्मा परी कर्णालीमा २५ जनाको मृत्यु भएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार यही वैशाख १ गतेदेखि यता बाढीपहिरो, चट्याङ जस्ता विपद्मा परी २५ जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाका अनुसार जाजरकोटमा १३, सल्यान र रुकुमपश्चिममा चाररचार जना तथा कालीकोट र सुर्खेतमा दुईरदुई जनाको मृत्यु भएको छ ।

हालसम्म कर्णालीमा २८४ वटा घरमा क्षति पुगेको छ । प्राकृतिक विपद्का कारण यस अवधिमा करिब ६ करोड ६५ लाख ५३ हजार ७९० रुपैयाँको भौतिक सम्पत्तिमा क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । –रासस