
रुकुम, ७ साउन । वुधबार दिउँसो पौडी खेल्ने क्रममा रुकुम पश्चिममा २ जना बेपत्ता भएका छ्न ।
स्थानीय स्यार्पु तालमा पौडी खेल्ने क्रममा बाफिकोट गाउँपालिका ५ बडगाउका २१ वर्सिय अनिल घर्ती र सोही ठाउका २३ वर्सिय लोक बहादुर घर्ती बेपत्ता भएका हुन ।
तालमा बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक ठग बहादुर केसिले बताए । वुधबार दिउँसो गर्मी छल्न उनीहरु स्यार्पुतालमा पौडी खेल्न गएका थिए । रुकुममा गएको दुईहप्तामा मात्र बाढी, पहिरो, खोलामा बगेर, चट्याङ लागेर, ६ जनाको ज्यान गैइसकेको छ ।















प्रतिक्रिया