५ कार्तिक २०८३, बिहिबार

कोरोनाका कारण थप २ को मृत्यु पुष्टि

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ७ साउन । नेपालका कोरोनाका कारण थप २ जनाको मृत्यु पुष्टि भएको छ ।

वुधबार कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा महोत्तरीका ६० वर्षीय पुरुष र एक चिनियाँ महिला रहेका छन् ।

काठमाडौँको शिक्षण अस्पतालमा उपचाररत चिनियाँ महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

त्यस्तै, वुधबार थप १ सय जनामा कोरोना पुष्टि भएको छ भने थप २ सय ७ जनाले कोरोना जितेका छन् ।