६ कार्तिक २०८३, शुक्रबार

कोष र एनआईसी एशिया बैंकबीच समझदारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ७ साउन । एनआईसी एशिया बैंकले कर्मचारी सञ्चय कोषबाट कर्जा उपभोग गरिरहेका ऋणीहरूले साँवा ब्याजसहितको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्न सक्ने सहमति भएकाे जनाएकाे छ ।

भक्तानीका विषयमा कर्मचारी सञ्चय कोष र एनआईसी एशिया बैंकबीच समझदारी भएको हाे । समझदारीपत्र बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र कोषको तर्फबाट मुख्य प्रबन्धक अर्जुनकुमार गौतमले हस्ताक्षर गरेका छन् ।

बैंकले नेपाल क्लियरिङ्ग हाउस लि.सँगको सहकार्यमा कर्मचारी सञ्चय कोषबाट कर्जा सुविधा लिइरहेका ऋणीहरूलाई सुविधाको निमित्त उनीहरूले उपभोग गरेको कर्जा बमोजिमको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याउने समझदारी गरेको हो ।