५ कार्तिक २०८३, बिहिबार

४ महिनाको लकडाउन अन्त्य, स्कुलदेखि होटल सबै खुल्ने

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ साउन । सरकारले गत चैत ११ गतेदेखि कोरोनाभाइरस संक्रमण रोकथामका लागि गरेको लकडाउन अन्त्य भएको छ ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मलेनमार्फत सरकारका प्रवक्ता तथा अर्थ एवम् सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् ।

त्यस्तै, सरकारले होटल व्यवसाय समेत खोल्ने निर्णय गरेको छ । पार्टी र भोजमा प्रतिबन्ध नै राखेको सरकारले साउन १५ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न अनुमति दिएको छ ।

त्यसैगरी, भदौ १ गतेदेखि स्कुल खोल्ने पनि निर्णय भएको छ । स्कुल खुलेपनि कक्षा भने सञ्चालन गर्न नदिने निर्णय मन्त्रिपरिषदले गरेको हो ।

त्यस्तै, लकडाउन खुकुलो पार्दै दुई सिफ्टमा सञ्चालनमा ल्याइएका सरकारी कार्यालयहरु अब १० देखि ५ बजेसम्म खुल्ने भएका छन् । त्यस्तै, स्वास्थ्य सुरक्षा अपनाएर सरकारले भदौ १ गतेदेखि खेलकुदका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ ।

पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गइरहेको छ । यद्यपि संक्रमितको संख्या बढ्दै गएमा लकडाउन पुनः लागू गरिने प्रवक्ता खतिवडाले बताए ।

हालसम्म कोरोनाका कारण नेपालमा ४० जनाले ज्यान गुमाएक छन् । त्यस्तै, करिब ७० प्रतिशत निको भएका छन् ।