
काठमाडौँ, ६ साउन । स्याङ्जामा ३ जनामा प्रहरीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका २ जना हवल्दार र एक जना सिपाहीमा संक्रमण देखिएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमितहरु ३३, ३४ र ३८ वर्षका रहेका प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. विनोद विन्दु शर्माले जनाएका छन् ।
उनीहरुको परीक्षणका लागि ४ गते स्वाब पोखरा लगिएको थियो । संक्रमितहरुलाई आयसोलेसनमा लैजाने व्यवस्था भइरहेको जनाइएको छ ।
स्याङ्जामा कोरोना संक्रमितको संख्या २ सय ४ जना पुगेको छ भने १ सय ८३ जना निको भएका छन् ।















प्रतिक्रिया