
काठमाडौँ, ६ साउन । केही दिनदेखिको अविरल वर्षाका कारण वीरगञ्जको केही स्थानहरु जलमग्न बनेका छन् ।
वीरगञ्जको श्रीपुर, जिल्ला प्रशासन कार्यालय, गोश्वारा रोड, आदर्शनगर, पानीट्याङ्की लगायतका स्थानमा पानी जमे डुबान भएको हो । सर्वसाधारणका घरभित्र पानी पसेपछि सामानहरुमा क्षति पुगेको छ ।
घरम वर्षेनी वर्षायाममा पानी पस्ने गरेको भएपनि वीरगञ्ज महानगरपालिकाले समस्या समाधानका लागि केही नगरेको स्थानीयको गुनासो छ ।















प्रतिक्रिया