
काठमाडौँ, ६ साउन । ३ दिनदेखिको अविरल वर्षाका कारण लमजुङमा दुई दर्जन बढी परिवार विस्थापित भएका छन् ।
बाढीपहिरोले दर्जनौँ घरमा क्षति पुर्याएको छ । दूधपोखरी गाउँपालिका २, जल्केनीमा कमल तामाङ र वेदबहादुर तामाङको घरमा पहिरोले क्षति पुर् याउँदा उनीहरु विस्थापित भएका छन् ।
दूधपोखरी ५ बन्देस्वारामा पहिरोले रामबहादुर तामाङ, कालीमाया तामाङ र कामी तामाङको घर पूर्णरुपमा क्षति पुगेको छ। कलबहादुर तामाङको घर जोखिममा परेको छ । त्यस्तै, ४ जनाको परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, दोर्दी गाउँपालिका–३ काल्चेमा विकास भुजेल र अनिल भुजेलको घरमा पनि बाढीले क्षति पु¥याएको छ । साथै अन्य १० घर जोखिममा परेका छन् ।
मर्स्याङ्दी गाउँपालिका–३ पल्लोटारीमा पहिरो जाँदा २० घर विस्थापित भएका छन् । अन्य ७४ घर जोखिममा परेका छन् ।















प्रतिक्रिया