१२ कार्तिक २०८३, बिहिबार

पीडितका लागि सशस्त्र प्रहरी, प्रकोप व्यवस्थापन र उद्दारमा सक्रिय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । प्राकृतिक विपत्तिमा भएका कतिपय पीडितका लागि सशस्त्र प्रहरी (एपिएफ)को सक्रियता प्रभावकारी देखिएको छ ।

सोमबार धादिङको गजुरी गाँउपालिका ५ घाँटबेसीमा पहिरो सँगै आएको भेलमा परी बगेको एक कारबाट एपीएफ टोलीले एक लाख ५० हजार रुपैयाँ तथा एउटा ल्यापटप बाहिर निकाली सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस आदमघाटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेशप्रसाद रिजालको कमाण्डमा खटिएको टोलीले भेलमा बगेको सो कारबाट उल्लेखित रकम तथा ल्यापटम सुरक्षित रुपमा निकालेको हो । त्यसवेला उक्त कारमा सवार व्यक्तिहरु कारबाट बाहिर निस्कन सफल भएका थिए भने कार भेलले त्रिशुली नदीको किनारमा खसालेको बताईएको छ ।

यस्तै, तनहुँ जिल्लाको भानु नगरपायलिका ९ सिमलगैरामा  महेन्द्र धउरालीको घर पहिरोले बगाउँदा १७ बर्षिया तिपसमा धउराली र ८० बर्षिया तिलमाया धउराली पहिरोमा पुरिएर बेपत्ता भएको बताईएको छ । घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २३ गण तनहुँबाट एपीएफ टोली खटिई गई खोजी तथा उद्धार कार्यमा जुटेको छ ।

यसैगरी धादिङ जिलाको गजुरी गाँउपालिका २ मलेखुस्थित माछा बजारमा कच्ची घर पहिरोले पुरिँदा एक जना व्यक्ति पहिरोमा पुरिएर बेपत्ता भएको तथा एक जना व्यक्तिलाई घाइते अवस्थामा फेला पारिएको छ ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस धादिङबाट टोली खटिई गई खोजी तथा उद्धार कार्यमा जुटेको छ भने घाईते व्यक्तिलाई उपचारार्थ सामुदायिक अस्पताल पठाईएको छ ।

यसैगरी दार्चुला जिल्लाको महाकाली नगरपालिका ३ डुङरीस्थित स्थित लास्कु खोलामा पानीको बहाव बढ्न गई खोलाको किनारमा रहेका तीन वटा पसल तथा दुई वटा घरभित्र पानी पसेर डुवानमा परेपछि उक्त घरहरुमा रहेको सामानहरु एपीएफ टोलीले सुरक्षित स्थानमा सारेको छ । उक्त घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५० गुल्म दार्चुलाबाट खटिएको एपीएफ टोलीले उक्त पसल तथा घरहरुमा रहेको सामान सुरक्षित स्थानमा सारेको हो ।

उता, बर्दिया जिल्लाको गेरुवा गााउपालिका ५ स्थित कर्णाली नदीमा बेपत्ता भएका एक जनाको शब एपीएफ टोली र स्थानीय प्रहरीले फेला पारेको छ । सो नदीमा बगेर आएको दाउरा निकाल्ने क्रममा सोही ठाउँ बस्ने ३४ बर्षिय कालीचरण चौधरी नदीमा बगेर बेपत्ता भएका थिए ।

उक्त घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट राजापुरबाट खटिएको एपीएफ टोली तथा स्थानीय प्रहरीले खोजी कार्य गर्दा निज चौधरीको शब घटनास्थल भन्दा करीब एक किलोमिटर दक्षिणतर्फ फेला पारिएको हो ।