६ कार्तिक २०८३, शुक्रबार

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । महालक्ष्मी विकास बैंक लि.मा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सागर शर्मालाई नियुक्त गरेको छ ।

सञ्चालक समितिको बैठकले शर्मालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले केन्द्रीय कार्यालय दरबारमार्गमा स्वागत कार्यक्रम सम्पन्न गरिएको छ ।

शर्माले बैंकप्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्घता जनाए ।

उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफू साथसाथै सम्पूर्ण कर्मचारीलाई प्रयत्नशील रहन आग्रह गरेका छन् ।