
काठमाडौँ, ५ साउन । सोमबार नेपालमा १ सय ८६ जना नयाँ संक्रमित थपिएसँगै हालसम्म संक्रमितको संख्या १७ हजार ८ सय ४४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार आजसम्म प्रदेश नम्बर १ मा ८ सय ४५, प्रदेश नम्बर २ मा ४ हजार ६ सय २५, बाग्मती प्रदेशमा ८ सय ५९ र गण्डकी प्रदेश १ हजार ३ सय ९३ जनामा संक्रमण देखिएको छ ।
यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ९१, कर्णाली प्रदेशमा १ हजार ८ सय २५ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९५ जनामा संक्रमण देखिएको छ । सोमबार ४ हजार २ सय १६ गरी आजसम्म ३ लाख १९ हजार ८ सय ७२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ ।
त्यस्तै, गत २४ घण्टामा थप १ सय ७३ जनाले कोरोना जितेका छन् । अहिलेसम्म ११ हजार ८ सय ६८ जना डिस्चार्ज भएको उनले बताए ।
अहिलेसम्म निको हुनेमा प्रदेश नम्बर १ मा ७ सय ५२, प्रदेश नम्बर २ मा २ हजार ६ सय ९७, बागमती प्रदेशमा ४ सय ५१ र गण्डकी प्रदेश १ हजार ४ जना रहेका छन् ।
त्यसैगरी, प्रदेश नम्बर ५ मा ३ हजार ७ सय ७१, कर्णाली प्रदेशमा १ हजार ७ सय २२ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ७१ जना निको भएर घर फर्किएका छन् ।















प्रतिक्रिया