
काठमाडौँ, ५ साउन । सुदूरपश्चिममा सोमबार थप ४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
प्रदेशमा एक सातापछि एकैदिन ४१ जनामा संक्रमण देखिएको हो ।
संक्रमितमध्ये डोटीको शिखर नगरपालिकाको क्वारेन्टिनमा रेहका ४० जना रहेका छन् ।
डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा ६० जनामध्ये ४० जनामा संक्रमण देखिएको हो । अन्य ३६ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।
त्यस्तै, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका १ जनामा संक्रमण पुष्टि भएको हो ।















प्रतिक्रिया