
काठमाडौँ, ५ साउन । स्याङ्जामा कोरोना संक्रमितको उपचारमा खटिएका एक डाक्टरमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
गल्याङ नगर अस्पतालको आइसोलेसन सेन्टरमा रहेका कोरोना संत्रमितको उपचारमा खटिएका डाक्टरलाई कोरोना पोजिटिभ देखिएको हो ।
उनको क्षयरोग परीक्षण केन्द्र पोखरामा गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । गल्याङ अस्पतालमा ६० बेडको आइसोलेसन सेन्टर बनाइएको छ ।
अस्पताल स्रोतका अनुसार उनी शनिबार बेलुकासम्म बिरामीको उपचारमा सक्रिय थिए ।















प्रतिक्रिया