
काठमाडौँ, ५ साउन । ओखलढुंगाको लिखु गाउँपालिकाका एक ७२ वर्षीय क्यान्सरका बिरामी वृद्धले कोरोना जितेका छन् ।
फोक्सोको क्यान्सरका बिरामी उनको कोरोना परीक्षण्को पछिल्लो रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
असारको दोस्रो साता कोरोना संक्रमण पुष्टि भएको उनको स्वास्थ्य अवस्था नाजुक भएपछि काठमाडौँस्थित किस्ट अस्पतालले घरमै राखेर उपचार गर्न परिवारलाई सुझाव दिएको थियो ।
उनको त्यही समयमा पाटन अस्पतालमा कोरोना परीक्षण गरिएको थियो । उनलाई घरमा ल्याइसकेपछि कोरोना पोजेटिभ देखिएको थियो ।
उनलाई चिकित्सकको निगरानीमा घरमै राखिएको पारिवारिक स्रोतले जनाएको छ ।
उनलाई घर लगेपछि उनीसँग सम्पर्कमा आएका १ सय २५ जनाको स्वाब परीक्षण गर्दा सबैको नेगेटिभ आएको थियो ।
वृद्धमा ४ महिनाअघि फोक्सोको क्यान्सर देखिएको थियो । जिल्लामा उनीसँगै थप ४ जना कोरोनामुक्त भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यससँगै ओखलढुंगा जिल्ला कोरोनामुक्त भएको छ ।















प्रतिक्रिया