१२ कार्तिक २०८३, बिहिबार

शिकार खेल्न गएका व्यक्तिकाे कंकाल चार महिनापछि भेटियाे

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरेन्द्रनगर, ५ साउन । बर्दियानिकुञ्जमा शिकार खेल्न गएपछि बेपत्ता भएका सुर्खेतका एक व्यक्तिको कंकाल भेटिएको छ ।

बराहताल गाउँपालिका–१ समशेलीका शिवराम रानाको कंकाल भेटिएको हो । उनी गत फागुन १० गते शिकार खेल्न गएपछि बेपत्ता भएका थिए ।

राना बेपत्ता भएपछि परिवारले प्रहरीमा उजूरी दिएका थिए । बेपत्ता भएको चार महिनापछि असार १६ गते सुर्खेत प्रहरीले रानाको हात, खुट्टा र टाउकाको हड्डीसहित उनले लगाउने लुगा, झोला, एक थान बन्दुक, हँसिया, खुकुरीसहित केही सामग्री फेला पारेको थियो ।

सुर्खेत प्रहरीले आइतबार रानाको कंकाल तथा लताकपडा सार्वजनिक गर्दै बेपत्ता भएको उजूरी परेको चार महिनापछि कंकाल फेला पारिएको जनाएको छ ।

सुर्खेतका एसपी राजेन्द्रप्रसाद भट्टले मृतक रानाकी पत्नी मनरुपा रानाले शिवराम राना हराएको निवेदन दिएपछि प्रहरीले खोजतलास गर्दा कंकाल फेला परेको बताए ।

प्रहरी निरीक्षक गोपाल रायमाझीको कमाण्डमा गएको टोलीले बर्दियाको ठाकुरद्वारा नगरपालिका १ पाँडेखोलामा रानाको कंकाल र लताकपडा फेला पारेको थियो ।

लताकपडाका आधारमा मृतकका पत्नी र बाबुले शिवराम भएको सनाखत गरेका हुन् ।

पीडित परिवारले भने शिवरामसँगै शिकार खेल्न अन्य दुईजना सोही स्थानका यामबहादुर समशेली र सूर्यबहादुर वलीले हत्या गरेको आरोप लगाएका छन् ।

रानाको कंकाल फेला परेपछि उनकी पत्नी मनरुपाले यामबहादुर र सूर्यबहादुरविरुद्ध कर्तव्य ज्यानको उजुरी दिएको एसपी भट्टले जानकारी दिए ।

उजूरीपछि आरोपित दुईजनालाई प्रहरीले नियन्त्रणमा विस्तृत अनुसन्धान थालेको छ । एसपी भट्टका अनुसार प्रारम्भिक अनुसन्धानमा यामबहादुर र सूर्यबहादुरले शिवरामलाई बाघले मारेको बयान दिएका छन् ।