काठमाडाैं २ साउन । काेराेना महामारीलाई मध्यनजर गर्दै, नबिल बैंकले सम्पूर्ण ऋणी ग्राहकको आवश्यकतालाई सहज पर्ने उद्देश्यले “३६ वार्षिकाेत्सव योजना” ल्याएको छ ।
उक्त योजना अन्तर्गत, बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष व्याज छुट दिनेछ ।
घर कर्जामा ७.९९, धितो कर्जामा ८.४९, व्यक्तिगत ओभरड्राफ्टमा ८.४९, साना तथा मझौला कर्जामा ७.९९ प्रतिशत छुट दिइएकाे बैंकले जनाएकाे छ ।
सीमित प्रतिशतको लागि बैंकले ल्याएको विशेष छुट वार्षिकाेत्सव योजनाको प्रक्रिया सबै शाखाहरूबाट अगाडि बढाउन सकिनेछ । यस योजनाबाट रिटेल र साना तथा मझौला ब्यवसायका ग्राहकहरूलाई केही सहायता पुग्ने बैंकले विश्वास गरेको छ ।















प्रतिक्रिया