
काठमाडौं, १ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद सहमतिबिमुख हुन थालेको छ ।
सरकारी निवास बालुवाटारमा विहीबार भएको नेता माधवकुमार नेपालसहितको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेतले फेरि प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुवै पदबाट राजीनामा माग गरेको बताइएको छ ।
बैठकमा महासचिव विष्णु पौडेलको पनि सहभागीता रहेको बताइए पनि थप विवरण आउन सकेको छैन ।
प्रचण्ड–नेपाल पक्षधर सचिवालय सदस्यको खुमलटारमा भएको बैठकको एजेन्डा अनुसारै प्रधानमन्त्री र अध्यक्ष पदबाट ओलीको राजीनामा माग गरिएको हो । विहीबार नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, बामदेव गौतम र रामबहादुर थापाको बैठक भएको बताइएको छ ।











प्रतिक्रिया