
काठमाडौं, १ साउन । कोभिड–१९ का कारण मारमा परेका यातायात व्यावसायी र मजदुरलाई सरकारले क्षमताअनुसार सहयोग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले आश्वासन दिएका छन् ।
विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका यातायात मजदुर र व्यवसायीका कुरा सुनिसकेपछि प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका हुन् ।
प्रधानमन्त्रीसँगको भेटमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी र अखिल नेपाल यातयाता मजदुर संघका अध्यक्ष रामचन्द्र कार्कीलगायतको उपस्थिति थियो ।
यसैबीच, यहि समूहलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सहयोग गर्नुपर्ने बताएका थिए । खुमलटारमा भेट्न पुगेका मजदुर र व्यावसायीलाई प्रचण्डले सरकारले सहयोग गर्ने र त्यसका लागि आफूले पहल गर्ने समेत बताएका थिए ।















प्रतिक्रिया