७ मंसिर २०८३, सोमबार

बिहीबार बिहान भोटेकोशीमा पहिरो, पाँच जना बेपत्ता

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तातोपानी, १ साउन । सिन्धुपाल्चोकमा फुल्पिङकट्टिमा पहिरो जाँदा दुई घर बगेका छन् ।

बिहीबार बिहान करीव साढे एक बजे पहिरोले दुई घर बगाउँदा पाँच जना बेपत्ता भएका हुन् । भोटेकोसी गाउँपालिकाको वडा नम्बर ४ फुल्पिङकट्टिको माथिल्लो भेगमा दुई घर बगेको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका ईन्स्पेक्टर रामचन्द्र घिमिरेका अनुसार २ घरका ५ बेपत्ता भएका हुन् ।

प्रहरी घटनास्थल पुग्न सकेको छैन । अबिरल बर्षाले भोटेकोशीमा १.५ मिलिमिटर नदीको सतह बढेको थियोे ।