बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

दाङमा एम्बुलेन्स दुर्घटना, शिशुसहित ११ जना घाइते

दैनिक नेपाल २०७७ असार ३१ गते ९:४६

लमही, ३१ असार । दाङमा एम्बुलेन्स दुर्घटना हुँदा एक दिनको नवजात शिशुसहित ११ जना घाइते भएका छन् ।

सुत्केरी लिएर नेपालगञ्जबाट पश्चिम दाङको हंसपुरका लागि छुटेको भे १ च १५९९ नम्बरको एम्बुलेन्स तुलसीपुर हापुरे–सुर्खेत सडकखण्डको कुमालगडीमा दुर्घटना हुँदा घाइते भएका सबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

घुम्तीमा एम्बुलेन्सको स्टेरिङ फेल हुँदा दुर्घटना भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित