बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

विप्लवका ठूला नेता कैलालीमा पक्राउ

दैनिक नेपाल २०७७ असार ३१ गते ९:२१

धनगढी, ३१ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीेका केन्द्रीय सदस्य तथा सेती महाकाली ईन्चार्ज सदस्य ओमप्रकाश पुन पक्राउ परेका छन् ।

कैलालीको कनरी क्षेत्रबाट पक्राउ परेका पुनलाई जिल्ला प्रहरी कार्यालय ल्याउन लागिएको छ । पुन विप्लवका शक्तिशाली र विश्वापात्र मानिन्छन् ।

फूलवारीबाट धनगढी आउने क्रममा उनलाई कनरीबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएकाे छ ।

उनीसंगै एक जना पूर्व केन्द्रीय सदस्य (महिला) पनि पक्राउ परेकाे जनाइएकाे छ । पुन आफैले पार्टीका समकक्षीलाई फोन गरेर आफू पक्राउ परेको बारे जानकारी दिएका छन् ।

उनलाई केही दिन अगाडि डडेल्धुरामा पनि पक्राउ गर्न प्रहरी परिचालन भएकोमा त्यहाँबाट उनी भागेका थिए ।

प्रतिक्रिया
सम्बन्धित