शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

मन्त्री मगरको दाबीले हावा खायो, मेलम्ची आयोजनाको गेट फुट्दा दुई जना वेपत्ता

दैनिक नेपाल २०७७ असार ३० गते १४:०१

काठमाडौं, ३० असार । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परिक्षणको क्रममा १  नम्बर गेट फुट्दा आएको बाढीमा २ जना बेपत्ता भएका छन् । बाढीमा बगेका दुई जनाको पनि घाइते अवस्थामा उद्दार गरी अस्पताल पुराइएको छ ।

मंगलबार दिउँसो पानी भरिएको सुरुङको गेट फुटेपछि आएको बाढीमा ५५ बर्षिय सवारी चालक राधाकृष्ण थापामगर र २५ बर्षिय इन्जिनियर सतिस गोईत बेपत्ता भएको कर्मचारीहरूले बताएका छन् ।

बाढीले बगाएका आयोजनामा कार्यरत इन्जिनियर शेखर खनाल र स्थानीय श्रमिक पेम्बा शेर्पालाई उद्दार गरी उपचारका लागि अस्पताल लगिएको छ । बाढीले बा१झ ८७६४ नम्बरको हाइलक्स गाडी समेत बगाएको छ । एक साता अघि मात्र सुरुङमा पानी खसाएर मेलम्चीको परिक्षण गरिएको थियो ।

सो विषयमा खानेपानी मन्त्री बिना मगरले पत्रकार सम्मेलन गरेरै मेलम्ची सपना पूरा भएको बताएकी थिइन् । बाढी आउन सक्ने चिन्ता र चासोलाई खारेज गर्दै उनले ति सबै अफवाह भएको बताएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित