७ मंसिर २०८३, सोमबार

सशस्त्र प्रहरी तारा बाेहराकाे दुर्घटनामा मृत्यु

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, ३० असार । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार महेन्द्रनगरबाट धनगढी आइरहेको म १ प ८९१ नम्बरको मोटरसाइकल झाडीमा खस्दा एक महिलाको मृत्यु भएको हो ।

पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कृष्णपुर बनदेवी झाडीमा मोटरसाइक खस्दा प्रहरी जवान चन्द्रबहादुर बोहराकी २४ वर्षीया श्रीमती तारा बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक अमर थापाले साइकल यात्रुलाई बचाउन खोज्दा दुर्घटना भएको बताए । उनको शव महाकाली अस्पतालमा राखिएको छ ।

चालक चन्द्रबहादुरलाई सामान्य चोट लागेको उनले बताए । बझाङ घर भएका बोहरा ५ वर्ष पहिले प्रहरीमा भर्ना भएका थिए ।

उनी जिल्ला प्रहरी कार्यालयमा कार्यरत छन् । बैतडी माइत भएकी तारा बोहरा पनि सशस्त्र प्रहरीमा रहेको र दार्चुलामा कार्यरत रहेको डीएसपी थापाले बताए ।