बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रभु क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालन

दैनिक नेपाल २०७७ असार ३० गते ७:२५

काठमाडाैं, ३० असार । पूँजी बजारमा मर्चेन्ट बैंकरको रुपमा कार्यरत प्रभु क्यापिटल लिमिटेड र समृद्धि क्यापिटल लिमिटड एक आपसमा गाभिई साेमबारबाट प्रभु क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबारको शुरू भएको छ ।

साेमबार एक कार्यक्रम गरेर दुवै संस्थाले प्रभु क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गरेका हुन् ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले दुवै कम्पनी मर्ज भई एकीकृत कारोबार गरेको उपलक्ष्यमा बधाई तथा शुभकामना ज्ञापन गर्दै नेपाली पूँजी बजारमा मर्जर पछिको प्रभु क्यापिटलले गुणस्तरीय सेवा प्रदान गरी पूँजीबजारमा महत्वपूर्ण योगदान दिने विश्वास लिएको बताए ।

आफ्नो क्षमता र योग्यता देखाउन सक्ने संस्था मात्र बजारमा रहन सक्ने वास्तविकता औल्याउँदै प्रभु क्यापिटलले पक्कै पनि पूँजी बजारमा आफ्नो दरिलो स्थान बनाउने विश्वास लिएको बताए ।

तत्कालिन समृद्धि क्यापिटल लिमिटेडका अध्यक्ष एलपी भानु शर्माले पूँजी बजार व्यक्तिमात्रै नभई समाज नैं बन्ने मेलो भएको कुरालाई जोड दिदै ठूला ठूला संस्थाहरू नबनिकन देश बन्दैनभन्दै नेपाल धितोपत्र बोर्डले नियामकीय दायरा फराकिलो बनाईदिन आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित