धनगढी, २९ असार । कैलालीमा आइतबार राति ट्रक दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ ।
धनगढीबाट बझाङका लागि छुटेको से १ ख १७३१ नम्बरको सरिया सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भीमदत्त राजमार्ग अन्तरगत कैलालीको चुरे गाउँपालिका वडा नम्बर ३ मा आइतबार राति ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बझाङको बुङगल नगरपालिका २ का रामबहादुर बोहरालाई उपचारका लागि सेती अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
दुर्घटनामा बझाङका नारदसिह धामी घाइते भएका छन् । ट्रक आफै अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । चालक बुङ्गल नगरपालिका १ का ३२ वर्षीय कलक धामीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक बिष्टले बताए ।











प्रतिक्रिया