म्याग्दी, २९ असार । म्याग्दी जिल्लामा ज्यान गुमाउनेको सङ्ख्या २८ पुगेको छ ।
रघुगंगा गाउँपालिका–६, ठाडाखानी, धवलागिरी–६, मराङ र मालिका–७, विममा गएको बाढी तथा पहिरोमा परेर बेपत्तामध्ये थप एक जनाको शव भेटिएकाे छ । याेसँगै मृतकको संख्या २८ पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
आइतबार मराङका खिमबहादुर जुग्जालीको शव भेटिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले जानकारी दिए ।
शनिबार २७ जनाको शव भेटिएको थियो । बाढीपहिरोमा परेर मालिका–७, बिमकी एलिसा केसी, धवलागिरी–६, मराङकी जनिमा केसी, सबिन पुन र दुखुखोलामा बेपत्ता मालिका–६, दरबाङकी गीता रोका भने अझै नभेटिएको प्रहरी नायव उपरीक्षक कुँवरले बताए ।
मराङको पहिरोमा परेकामध्ये १९ जनाको शव भेटिएको छ । २ जना अझै बेपत्ता छन् ।
प्राकृतिक विपत्तिले तहसनहस भएको मराङमा पहिरोमा पुरिएको अवस्थामा उद्धार गरी ल्याइएको शवलाई अन्त्येष्टि गर्ने क्रममा सबै शोकमा डुबेका थिए ।















प्रतिक्रिया