बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

झापामा १ लाख ४४ हजार भारुसहित ३ पक्राउ

दैनिक नेपाल २०७७ असार २८ गते १४:११

सांकेतिक तस्वीर

काठमाडौँ, २८ असार । प्रहरीले झापामा १ लाख ४४ हजार नक्कली भारुसहित ३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा कन्काई नगरपालिका ३ का ४३ वर्षीय मौसम श्रेष्ठ, वडा नं ४ बस्ने २८ वर्षीय खुर्सैद आलम र झापा गाउँपालिका ५ का २४ वर्षीय एराजुल हक रहेका छन् ।

उनीहरु शनिबार पक्राउ परेका हुन् ।

आलमले भारतबाट नक्कली नोटहरू ल्याइ श्रेष्ठको घरमा राखेको भन्नेसूचनाका आधारमा प्रहरीले शनिबार श्रेष्ठको घरमा छापा मारेको थियो ।

उनको घरबाट प्रहरीले पाँच सय दरको दुई सय ८८ थान नक्कली भारू फेला पारेको थियो । श्रेष्ठको घरबाट एक लाख ४४ हजार नक्कली भारू बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले झापाको सुरूङ बजारबाट खुर्सैद आलमसँगै एराजुल हकलाई समेत पक्राउ गरेको थियो ।

उनीहरूबाट प्रहरीले थप २० हजार पाँच सय नेपाली रूपैयाँ समेत बरामद गरेको हो । उनीहरूले प्रहरी समक्ष दिएको बयान अनुसार नक्कली भारू एराजुलले भारतबाट ल्याइ आलमलाई दिएको र उनले श्रेष्ठलाई दिएका थिए ।

उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित