बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

कोरोना संक्रमण शंकाको डिप्रेशनमा पुगेका बृद्धद्वारा धोतीको पासो लगाई आत्महत्या

दैनिक नेपाल २०७७ असार २८ गते १२:०४

पर्सा, २८ असार । क्वारेन्टाइमा बसेका एक जना बृद्धमा कोरोना संक्रमण शंकाको डिप्रेशन भएपछि आत्महत्या गरेका छन् ।

परवानीपुर गाउँपालिका–५ बहुअरी बस्ने ७० वर्षीय महादेव ठाकुरले धोतीको पासो लगाएर आत्महत्या गरेका हुन् ।

मृतकका छोराका अनुसार राती खाना खाएर सुतेका उनी बिहान मृत फेला परेका हुन् । क्वारेन्टाइन बस्दा उनी कोरोना लागेको र प्रहरीले पक्राउ गरी लैजाने भन्ने डिप्रेशनको शिकार भएका थिए ।

वडा अध्यक्षलाई समेत उनले आफूलाई कोरोना संक्रमण भइसकेको बताएका थिए । उनको पिसीआर रिपोर्ट नेगेटिभ आएको थियो ।

कोरोना महामारी शुरु हुनुअघि उनी भारतको बिहार राज्यअन्तर्गत पर्ने नरकटियागञ्जमा छोरीको घरमा गएका थिए । दुई महिना त्यता बसेपछि रक्सौलमा छोराको ससुरालीमा आएर १५ दिनजति बसेका थिए ।

क्वारेन्टिनमा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि ११ औं दिनमा असार १९ गते उनलाई घर पठाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित