
काठमाडौं, २७ असार । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल अविरल बर्षापछि आएको बाढीलगायतका पीडामा रहेका सर्वसाधारणसँगको भेटघाटमा पुगेकी छन् ।
उनले महानगर क्षेत्रमा भएको बाढी, अविरल पानीका कारण समस्यामा परेका सर्वसाधारणलगायतलाई भेटेकी छन् । नारायणी नदिमा आएको बाढी र यसले पार्न सक्ने सम्भावित क्षतिका विषयमा पनि मेयर दाहालले जानकारी लिँदै समाधानका निम्ति तत्परता देखाएकी छन् ।
यसैबीच, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाढीपीडितलगायतको अवस्था बुझ्नका लागि गृह जिल्ला चितवन गएका छन् ।
चिवतनका विभिन्न स्थानमा उनी प्रत्यक्ष जनतासँग भेट गरी बाढीलगायतका कारणल समस्याबारे जानकारी लिने कार्यक्रम रहेको प्रचण्ड सचिवालयले जनाएको छ ।















प्रतिक्रिया