६ कार्तिक २०८३, शुक्रबार

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर सूचीकरण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २६ असार । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधरणमा वितरण गरिएको ४७,५५,००० कित्ता र संस्थापक १,००,४५,००० कित्ता शेयर समेत गरी जम्मा १,४८,००,००० कित्ता साधारण शेयर नेपाल स्टक एकसचेन्जमा सूचीकरण भएको छ ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्रमा भएको व्यवस्था तथा सामूहिक लगानी कोष नियमावली २०६७ को नियम ४६ मा भएको व्यवस्था बमोजिम सर्वसाधारणमा निष्काशन गर्नु अगावै ११ वटा सामूहिक लगानी कोषहरूको १८ वटा योजनाहरूबाट कुल २,३७,८०,००० कित्ता शेयर माग गरी आवेदन प्राप्त भएको जनाएकाे छ ।

११ वटा सामुहिक लगानी कोषहरूको १८ वटा योजनाहरुलाई माग गरेको अनुपातमा समानुपातिक हिसावले जम्मा २,३७,८०० कित्ता शेयर बाँडफाँड भएको र कर्मचारीहरुलाई ७४,००० कित्ता शेयर छुट्टाइएकोमा १६६ जना कर्मचारीहरुबाट ७४,००० कित्ता शेयर बाँडफाँड गरी बाँकी सर्वसाधारणहरुलाई छुट्याईएको प्राथमिक निष्काशन ४४,४३,२०० कित्ता शेयर सर्वसाधरणको लागि विक्री खुल्ला गरिएको शेयर निष्काशन बन्द भएको विज्ञप्तिमा जनाइएकाे छ ।

आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्था प्रतिको भरोसा बोकेको यस संस्थाको प्राथमिक शेयर खरिद गर्न ३,९७,७४१ वटा आवेदन मार्फत सर्वसाधारणहरुले निवेदन दिनु भएकोमा यस संस्था गौरवान्वित भएको जनाएकाे छ ।